वि.सं:
नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३
यस केन्द्रको कार्यालय परिसर भित्रको प्रशिक्षक आवासमा रहेका शौचालय, भान्सा कोठा र कार्यालय भित्र रहेका शौचालयहरु मर्मत सुधार र रङ लगाउने कार्य गराउनु पर्ने भएकोले इजाजत प्राप्त निर्माण व्यावसायीहरुबाट नवीकरण भएको निर्माण इजाजत पत्र, मु. अ. कर दर्ता प्रमाण पत्र तथा आ. व. ०७७/०७८ को कर चुक्ता प्रमाण पत्र समेत संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ औं दिनभित्र दरभाउपत्र दस्तुर वापत रु १०००/- (फिर्ता नहुने गरी) राजश्व शुल्क तिरी यस कार्यालयबाट दरभाउपत्र खरिदको लागि रु. १०/- को टिकट टाँसी रीतपूर्वकको आवेदन दिनु भई दरभाउपत्र खरिद गर्नु हुन र यो सूचना प्रकाशित भएको मितिले १६ औ दिनको १२:०० बजेभित्र (सो दिन सार्वजनिक बिदा परे सो को भोलिपल्ट) तपसिलमा उल्लेख गरिए बमोजिम रीतपूर्वकको शिलबन्दी दरभाउपत्र यस केन्द्रमा दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। रीतपूर्वक दर्ता हुन आएको शिलबन्दी दरभाउपत्र सोही दिनको १४:०० बजे यस कार्यालयमा नियमानुसार खोलिनेछ ।